Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, १५ पुष । मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुनसहित भारतको महाराष्ट्र बस्ने हरिराम सुनिललाई मङ्गलबार बिहान पक्राउ गरेको हो ।

दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विमानस्थल चेकजाँच गर्दा उनको साथबाट आधा किलो सुन फेला परेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया