Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

विराटनगर, १४ जेठ । प्रदेश नं १ ले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गरेको छ ।

प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम शुभारम्भ भएको हो ।

यस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुले जनताको घरदैलोमा प्रहरी खटाएर सुरक्षित स्थानमा स्टिकर टाँस्ने र परिवारको लगतसमेत संकलन गर्ने भएका छन् ।

‘तपाईंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईंको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने भएको छ ।

मुख्यमन्त्री शेरधन राईले सरकारको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याुभूति गुराउनु जिम्मेवारी रहेको बताएका छन् ।

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उनले भने, “प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमूना प्रदेश बनाउनुपर्छ ।”

मुख्यमन्त्री राइले स्टिकरको माध्यमबाट प्रहरीसँग जनताको सम्पर्क बढ्ने र आपराधिक घटना पनि कम हुँदै जाने भएकाले यो कार्यक्रम देशभरिमै लागू गराउन व्यापक रुपमा प्रचारप्रसार आवश्यक रहेको जानकारी गराए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो स्टिकरको माध्यमबाट जनताले चाहेको बेलामा प्रहरीसँग सम्पर्क गर्न सक्ने भएकाले अपराधविहीन समाज स्थापनामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि, स्टिकर टाँस्ने कार्यक्रमबारे जनचेतना जगाउन विराटनगरको आदर्श उच्च माविबाट निस्केको ¥यालीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रजिअ आचार्यलगायत स्थानीय, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments