Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १५ पुष । सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ । गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख राख्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यका लगायत देशका मुख्य-मुख्य सहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको हुँदा गृहमन्त्रालयको निर्णय अनुसार व्यक्ति/संस्था/कार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने व्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरणरजानकारी एवं छाडेको विवरण र जानकारी स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्‍नुपर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया