Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

विर्तामोड, १४ जेठ । दलित विधार्थी विकास कार्कीढोलीलाई श्री कृष्ण दै्रपायन गुरुकुल वेद विद्याश्रम भद्रपुरले भर्ना लिने भएको छ ।

गुरुकुलको शनिवार आयोजित विशेष साधारण सभामा सहभागी २ सय ५३ सदस्यले विधार्थी भर्ना गर्ने निर्णय गरेको सो संस्कृत विधालयका अध्यक्ष राजेन्द्र चापागाईले जानकारी दिएका छन् । उनीहरुले विधार्थी भर्नाको रोक्नुलाई जातीय विभेद गरेको नबुझ्न आग्रह समेत गरेका छन् । गुरुकुलको सभा हलमा सम्पन्न भएको साधारणसभाले ६५ जना विधार्थी पढाउने कोटालाई केहि संख्या बढाउदै थप विधार्थीलाई भर्ना लिने निर्णय समेत गरेको अध्यक्ष चापागाईले बताए । उनले भने,‘हाम्रो क्षमता ६५ जना विधार्थी पढाउन सक्ने थियो,सो संख्याका विधार्थी अध्ययनरत नै छन्,अव केहि संख्या बढाउने छौ ।’

झापा विर्तामोडका तुलसी भट्टराईले दलित विधार्थी कार्कीढोलीलाई संस्कृत शिक्षा दिने भन्दै में १ मा गुरुकुल पुगेका थिए । सो गुरुकुलका सञ्चालक र प्राचार्यले उनलाई पढाउन नसक्ने प्रतिक्रिया दिएपछि विधार्थीको जात हेरिएको भन्दै जिल्लाका दलित अधिकारकर्मी आन्दोलनमा उत्रिएका थिए ।

घटनाले गम्भीर मोड लिने देखिएपछि जिल्ला प्रशासन कार्यालय झापाले सहजकिरण शुर गरेको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज अधिकारीले संविधान बमोजिम गुरुकुल सञ्चालन गर्नुपर्ने भनेपछि सञ्चालकहरुले समय मागेर साधारणसभा गरेका हुन् । साधारणसभामा समय सापेक्ष र संविधान बमोजिम नै संस्था सञ्चालन गर्ने निणर्य गर्दै विधानमा भएका केहि व्यवस्था परिवर्तन गर्न विधान मस्यौदा समिति समेत निर्माण गरिउको बतायउको छ । दाताको सहयोगबाट सञ्चालन भइरहेकोले सबैको सल्लाह लिन साधारण सभा डाकेका हौ–उनले भने । अध्यक्ष चापागाईका अनुसार आवासीय रुपमा अध्ययन गर्न चहाने विधार्थीलाई आजै भर्ना गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments