Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १४ पुष । प्रदेश १ को झापामा अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल निर्माण भएको छ । बिर्तामोडमा करिब १ बिघा जग्गामा ४ सय करोड लगानीमा लागतमा नवनिर्मित अस्पतालले पुस १६ गतेबाट सेवा सुरु गर्ने तयारी गरेको छ ।

झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ अस्पतालको भगिनी संस्थाका रूपमा अत्याधुनिक प्रविधिसहितको निर्माण गरिएको क्यान्सर अस्पतालमा दक्षिणपूर्वी एसियाकै नमुना र अत्याधुनिक उपकरणयुक्त भएको अस्पतालले जनाएको छ ।

‘नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएका हौं’, अस्पतालका निर्देशक दुर्गा प्रसाईले भने, ‘यो प्रविधि अमेरिका र सिंगापुरमा छ, भारतले जोड्ने तयारी गर्दै छ, त्यसैले दक्षिणपूर्वी एसियाकै नमुना भनेका हौं ।’ यो प्रविधिका मेसिने क्यान्सरका बिरामीलाई एक मिनेटमानै रेडिएसन दिनसक्ने ‘ट्रु बिम लिनियर एक्सेलेरेटर’ मेसिन भएको क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.वीरेन्द्र यादव बताउँछन् ।

अस्पताल रहेको स्थान बिर्तामोडबाट १८ सय किलोमिटरको पेरिफेरीमा यो प्रविधिको अस्पताल नभएको अस्पतालको दाबी छ । बी एन्ड सी अस्पतालसँगै जोडिएको तथा एउटै समूहले लगानी गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्याक्रियाका लागि पाँचवटा मोडुलर शल्यक्रिया कक्ष पनि निर्माणकै चरणमा छ ।

तपाईको प्रतिक्रिया