Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १४ पुष । मोरङको उर्लाबारीमा चिसोले कठ्याङ्ग्रिएर सोमबार बिहान एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका ४ का ५४ वर्षीय सोमबहादुर रोक्‍काको चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए ।

रोक्‍काको शव उर्लाबारी १ स्थित बक्राहा खोलाको बगरमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको उनको भनाइ छ । भतिजो विनोद रोक्‍काले पारिवारिक सम्बन्ध बिग्रिएपछि सोमबहादुर तीन वर्षदेखि एक्लै उर्लाबारीमा बस्दै आएको जानकारी प्रहरीलाई गराएको राईले बताए ।

उनका छोरा, श्रीमतीलगायत परिवारका सदस्य भने काठमाडौंमा बस्दै आएका छन्।उनकाअनुसार परिवारका सदस्यले छोडेपछि घरमा नबस्ने र मदिरा सेवन गरेर डुली हिंड्ने गरेको पाइएको छ ।

अत्यधिक मदिरा सेवन गरेका कारण होस गुमाएर खोला छेउमै ढलेपछि उठेर गन्तव्यसम्म पुग्न नसक्दा रातभर चिसोले कठ्याङ्ग्रिएर त्यही मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी राईले दिए ।

तपाईको प्रतिक्रिया