Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १४ पुष । प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ ।

प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी आएपछि अनुसन्धान थालिएको छ ।

पक्राउ परेका कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भएको उनले जनाए ।

तपाईको प्रतिक्रिया