Online Bichar
आइतबार, मंसिर १४, २०८३ | Sunday, November 29, 2026

इनरूवा, १४ पुष । आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदास ३ लाख धरौटीमा छुट्ने भएका छन् ।

सुनसरी चतराका गिरीको मुद्दामा २ दिनसम्म चलेको थुनछेक बहस सकिएपछी सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको हो ।

जिल्ला अदालत, सुनसरीका न्यायाधीश मुख्य न्यायाधीश राधाकृष्ण उप्रेती को एकल इजलासले उनलाई ३ लाख धेरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीको मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको थियो । श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले कृष्णबहादुर गिरी धरौटीमा रिहा गरिने बताए ।

काठमाडौंबाट चतराधाम उनको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । मुटुमा समस्या देखिएको भन्दै अभियोग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेको थियो ।न्युज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments