Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

शान्ति सुब्बा
गौरादह, १३ पुष । गौरादह नगरपालिका -४ स्थित मजुवामा रु. १ अभियानद्वारा सञ्चालित संस्था श्री प्राणनाथ सामाजिक विकास कोष गौरादह- १ ले विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ ।

गौरादह -४ मा रहेको श्री भिमसेन आधारभुत विद्यालय, जनता आधारभुत विद्यालय र कञ्चनजङ्घा आधारभुत विद्यालय मा अध्यनरत विद्यार्थीहरुलाई आइतबार(आज) न्यानो कपडा वितरण गरेको हो । विद्यालयको प्राङगढ्मा आज एक कार्यक्रमको आयोजना गरि विपन्न परिवारका १ सय विद्यार्थीहरुलाई जाडोका लागि श्वेटर वितरण गरेको हो ।

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायि महासंघका अध्यक्ष प्रकाश बास्कोटा, केन्द्रिय सदस्य राजकुमार दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फडिन्द्र प्रसाद धमला, जनता आधारभुत विद्यालयका शिक्षक पदम बहादुर खत्री, कञ्चनजङ्घा आधारभुत विद्यालय का शिक्षक तिर्थ बहादुर भुजेल, शिक्षक खड्ग बहादुर थापाको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।

शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष प्रकाश कार्की, गौरादह फर्निचर तथा फर्निसिङ व्यवसायी संघ, जनता आधारभुत विद्यालय, कञ्चनजङ्घा आधारभुत विद्यालय र भिमसेन आधारभुत विद्यालयको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको जनाइएको छ ।

अत्यधिक चिसो बढेकोले विद्यार्थिहरुलाई विद्यालय आउन कठिनाई नहोस भन्ने उद्देश्यले करिब ४० हजार बराबरको न्यानो कपडा वितरण गरिएको रु. १ अभियानद्वारा सञ्चालित संस्था श्री प्राणनाथ सामाजिक विकास कोष का अध्यक्ष टंक अधिकारीले जानकारी दिए ।
विगत १ दसक देखि यो संस्थाले निरन्तर सामाजिक कार्य गर्दै आएको अध्यक्ष अधिकारीले बताएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments