Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

ललितपुर, १२ पुष । लतिलपुरको सानेपामा भीषण आगलागी भएको छ । कवाडी सामान राख्ने ठाउँमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

यद्यपि, के कारणले आगलागी भयो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि १२ वटा दमकल पुगेको महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिस जोशीले बताए ।

समाचार तयार पार्दासम्म व्यापक मात्रामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया