Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाईन बिचार, १२ पुस । झापा क्षेत्र नम्बर ४ को प्रदेससभा ख का सदस्य सांसद हिराकुमार थापामाथि आक्रमण भएको छ ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापा माथि साँझ ८ बजे आक्रमण भएको हो ।

आज कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा साझ अबेर सम्म चलेको थियो । सभा लम्बिएर राती ८ बजेसम्म पुगेर क्याम्पस सभाले अहिलेको प्रकाश चुडालको नेतृत्वको क्याम्पस संचालक समिति अबैधानिक भएको हलले निर्णय गरेपछि थापा सोहि व्याहोराको निर्णय लेख्दैगर्दा एक्कासी हलभित्र एक समुह प्रवेश गरि थामामाथि आक्रमण गरि लेख्दालेख्दैको माइन्युत समेत खोसेर लगेको छ ।

कनकाई बहुमुखी क्याम्पसमा केहि महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा आज पुस १२ गते क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने सहमति बनेपछि विवाद मिलेको थियो । आज क्याम्पसमा भएको क्याम्पससभामा क्याम्पस सभाकै अध्यक्षमाथि हातपात र माइन्युत खोसिएपछि क्याम्पसको समस्या थप जटिल बनेको छ ।

यता नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले माननीय थापामाथि भएको आक्रमण र माइन्युट लुट्ने क्रियाकलापको कडा आपत्ति गरेका छन् ।

उनले भने हामीले अहिलेसम्म विधिसम्मत जाउ भनेर आजसम्म पर्खियौ सिडियो कार्यालयमा भएको सहमति अनुसार आजको क्याम्पससभा बसाएकोमा बहुमत क्याम्पससभाका सदस्यहरुको निर्णय लेख्नेक्रममा हुलहुज्जत गर्दै माइन्युट खोस्ने र माननीय माथिको आक्रमणको घोर भर्सना गर्ने बताएकाछन् । यस सम्बन्धमा अहिले नेकपाको बैठक चलिरहेको लम्सालले बताएका छन् । कन्काई अनलाइनबाट

तपाईको प्रतिक्रिया