Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

रौतहट, ११ पुष ।  नेपाल भारतको सीमाको दशगजा क्षेत्रमा बनाइएका संरचनाहरु हटाउन सुरु गरेको छ । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा दशगजा क्षेत्रमा बनाइएका गाईगोठ, घरटहरा, पसल तथा बजार हटाउन थालेको हो ।

रौतहटको पश्चिमी सीमा क्षेत्रबाट सुरु भएको अभियान सरमुजवासम्म पुगेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयवासीले निजी कामका लागि प्रयोग गर्दै आएका थिए । जंगे, मझौला तथा साना पिल्लरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका घरगोठका कारण कतिपय स्थानमा सीमा स्तम्भ खोज्न मुस्किल हुने गरेको थियो । भारतीय नागरिकहरुले दशगजामा रहेका भूभागलाई खेतका रुपमा समेत प्रयोग गर्ने गरेका छन् ।

गौर बैरगनिया जोडने मितेरी पुलको छेउमै भारतीय पक्षले भन्सारको चेक प्वाइन्टसमेत बनाएको छ ।

दशगजा क्षेत्रमा अवैध रुपले बनाइएका भौतिक संरचनाहरु हटाउने र सीमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उद्देश्यका साथ अतिक्रमण हटाउने काम सुरु भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका उपरिक्षक रविन राज कर्णजितले बताए ।

‘उनले परोहा नगरपालिकामा पर्ने पिल्लर संख्या ३५५, ३५५(१), ३५५(२), ३५४(३), ४ र ५ सम्म रहेका सबै अतिक्रमण हटाइसकेको साथै सबै सीमा स्तभ्महरुकोे तथ्याक पनि संकलन गरेको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताए ।अनलाइनखबर

तपाईको प्रतिक्रिया