Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ११ पुष । आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको हो । अर्को बैठक १६ गतेका लागि बोलाइएको छ ।

संसद्को कार्यव्यवस्था समिति बैठकले १३ गतेदेखि सभामुख र उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको थियो ।

शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि सार्वजनिक भईसकेको थियो । बैठकको संभावित कार्यसूचीको पहिलो नम्बरमा नै ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ उल्लेख थियो ।

तपाईको प्रतिक्रिया