Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १० पुष । बिहीबार हुने भनिएको उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा शुक्रबारका लागि सरेको छ। सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन उपसभामुख तुम्बाहाङ्फेले बिहीबार नै राजीनामा दिने बताइएको थियो।

संसद् सचिवालयले पुस १४ गते सभामुख निर्वाचनको तालिका बनाएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख लिन उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो।

पार्टीको निर्णय आउन नसक्दा उपसभामुख नुम्बाहाङ्फेको राजीनामा शुक्रबारसम्मका लागि सरेको हो। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं आउन समय लाग्ने भएकाले यो विषयमा निर्णय हुन सकेको छैन्।

सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुख र उपसभामुख दुवै पद रिक्त हुनेछन्। दुवै पद खाली हुँदा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर निर्वाचन प्रक्रिया सुरु गर्नेछन्।

तपाईको प्रतिक्रिया