Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १० पुष । राजा महेन्द्रलाई लामो समय खाना बनाएर खुवाएकी विष्णुकुमारी ढुंगाना खनाल (क्षमावती) को १०४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको वाफलस्थित भदा रेशमराज ढुंगानाको घरमा बस्दै आएकी क्षमावतीको बिहीबार राति १ बजे निधन भएको पारिवारले जनाएको छ ।

लामो समयदेखि दम रोगले थलिएकी क्षमावती विगत ४२ वर्षदेखि माइतीकै संरक्षणमा बसेकी थिइन् । १९७३ सालमा नुवाकोटको तारुकामा जन्मिएकी क्षमावतीले १५ वर्ष तत्कालीन युवराज महेन्द्रको भान्सा सम्हालेकी थिइन् । तर दरबार अनि परिवारले बेवास्ता गरेपछि उनी माइतीको शरणमा रहँदै आएकी थिइन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।रातोपाटी

तपाईको प्रतिक्रिया