Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ९ पुष । झापाको गौरादह नगरपालिका वडा नं ७ ग्वालडुब्बाका धनबहादुर कट्वालको मोटरसाईकलमा पेट्रोल हाल्ने वित्तीकै आगो लागेको छ । गौरादह-१ मा रहेको नवदुर्गा पेट्रोल पम्पमा पेट्रोल हालेका उनले मे २ प ३०८१ नम्वरको पल्सर मोटरसाईकल चलाउन खोज्दा अचानक आगो लागेको बताए । हतार हतार पम्पबाट बाहिर निकालिएको उनको मोटरसईकल जलेर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ ।

स्थानीयवासीको सहयोगमा आगो करिब आधा घण्टापछि मात्र नियन्त्रणमा आएपनि मोटरसाईकल कामै नलाग्ने गरि जलेको छ । मोटरसाईकलको वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया