Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

विराटनगर, ८ पुष । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सडक दुर्घटना भयावह बन्दै गएको अवस्थामा यसलाई न्यून गर्न सबैको एकीकृत प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।

अत्याधिक मात्रामा सडक दुर्घटना भई मृत्यु र अपाङ्ग हुनेको संख्या वृद्धि भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सुरक्षित यात्राको लागि सडक सुशासन अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले कार्यदलले दिएको सुझावलाई प्रदेश मन्त्रिपरिषदबाट पास गराएर भएपनि सडक दुर्घटनालाई न्यूनीकरण गरिने बताउनु भयो ।

प्रदेश नं. १ मा सडक दुर्घटना न्यूनीकरण गरी सडक सुशासन कायम गराउन तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयन गराउन सो अन्तक्र्रिया कार्यक्रमबाट १७ सदस्यीय कार्यदल गठन गरिएको छ ।

सो अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं. १ का सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय तहका प्रमुखहरु, ट्राफिक प्रहरी, यातायात व्यवसायी, मजदुर र उपभोक्ताकर्मीहरुको सहभागिता रहेको थियो ।न्युज२४

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments