Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अर्जुन राजवंशी

झापा, ८ पुष । अत्यधिक चिसोले कठ्याङ्ग्रिएर झापामा एक जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बाका ५३ वर्षीय गुना भनिने बहादुरसिंह राजवंशीको कठ्याङ्ग्रिएर मृत्यु भएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले जानकारी दिए ।

सोमबार राति घरमा एक्लै सुतेका राजवंशी बिहान नउठेपछि गाउँलेले गएर हेर्दा मृत फेला परेका थिए । राति खाटमा सिरक नओढी सुतेका उनको चिसोका कारण मृत्यु भएको वडाध्यक्ष राजवंशीले बताए । श्रीमती विदेश र छोराछोरीहरु मावल गएपछि उनी घरमा एक्लै बस्दै आएका थिए ।कान्तिपुर

तपाईको प्रतिक्रिया