Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

झापा, ८ पुष । झापाको दमकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक पश्चिम बस बिसाउने ठाउँमा मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ९३४३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा अन्दाजी ४६ वर्षीया महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बसको ठक्करबाट बाटो काट्दै गरेकी ती महिलाको घटनास्थलमा ज्यान गएको थियो ।

मंगोल वर्णकी ती मृतक महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले दुर्घटनामा संलग्न बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments