Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ८ पुष । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

केही दिनअघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो । संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ ।

मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले मंगलबार नै संसदीय दलको बैठक बोलाइएको थियो । स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएपछि विवाद भएको थियो ।

 

तपाईको प्रतिक्रिया