Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

सुनसरी, ७ पुष । आफ्नै अनुयायी एक महिलालाई बलात्कार गरेको आरोप लागेका बराहक्षेत्र नगरपालिकाको चतरास्थित रामानन्दाचार्य सेवापिठका मठाधीस ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी विरुद्धको अनुसन्धान सकिएको भन्दै प्रहरीले तयार पारेको मिसिल आइतबार नै अदालतमा बुझाएको छ ।

प्रहरीले एकदिन अघि नै अनुसन्धान सकिएको भनेर मिसिल बुझाएपनि सोमबार थप ३ दिनको म्याद थप भएको छ । सिद्धबाबा प्रकरणमा अनुसन्धान गर्न यो पाँचौं पटक म्याद थपिएको हो ।

यसअघि पनि अनुसन्धान सकिएको भन्दै प्रहरीले अनुसन्धान मिसिल जिल्ला अदालतको न्यायाधीवक्ता (सरकारी वकिल)लाई बुझाएको बताइएको थियो। तर सरकारी वकिलले गिरी विरुद्धको अनुसन्धानबाट ‘पर्याप्त प्रमाण र अभियोग पूरक’ नभएको भनेर थप अनुसन्धानकालागि गत साता चौथोपटक फेरि म्याद थप गरेको थियो।कान्तिपुर

तपाईको प्रतिक्रिया