Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

काठमाडौं, ७ पुष । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ । आज प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद रहेको र उनीहरू अनलाइन फ्रडमा संलग्न रहेको आशंकामा अनुसन्धान भइ रहेको जानकारी दिए ।
उनले तीन स्थानबाट ९९ जना पक्राउ गरिएको स्पष्ट पार्दै चावहिल, बौद्ध र कोटेश्वरक्षेत्रमा बसोवास गरी रहेका चिनियाँ नागरिकमाथि अनुसन्धान जारी रहेको बताए ।

सिंगो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका हुन । सोही सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त रुपमा छापा मारेको हो ।

विस्तृत अनुसन्धान हुन बाँकी नै छ महाशाखा प्रमुख थापाले भने–संगठित बसोवास हेर्दा गलत क्रियाकलापका लागि हुन सक्ने देखिन्छ ।
प्रायः सबैसँग ल्यापटप भेटिनुले प्रहरीलाई ह्याकरको आशंकामा थप सशंकित बनाएको छ । कतिपयको भिषा समय अवधि समेत समाप्त भइसकेको अवस्थामा छ । तर पनि उनीहरु लुकिछिपि बस्दै आएको भनाई प्रहरीको छ । पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रुपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिए पनि कम्पनीहरू भने खुलाएको छैन ।गोरखापत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments