Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ७ पुष । सामाजिक सामुदायीक कार्यक्रम अन्तर्गत कृषि विकास बैंकको गौरादह शाखाले गौरादह नगरपालिका वडा नं. १ को वडा कार्यालयलाई फूल सहितको गमला हस्तान्तरण गरेको छ । दुर्गा मन्दिरको प्राङगणमा सोमवार(आज) औपचारिक कार्यक्रमको आयोजना गरि गमला वितरण गरेको छ ।

गौरादह बजार तथा चौक आसपासको क्षेत्रलाई मनमोहक, हरियाली र स्वाच्छ बाताबरण बनाउने उद्देश्यले कृषि विकास बैंक शाखा गौरादहले ३३ थान गमला पहिलो चरणमा वितरण गरेको छ। गौरादह क्षेत्रमा १०० थान फूल सहितको गमला वितरण गर्ने लक्ष्य रहेको कृषि विकाश बैंकका तिलक प्रधानले जानकारी गराए।

कृषि विकास बैंकको आफ्नो मुनाफाको केही प्रतिशत रकम सामाजिक काममा लगाउने उदेश्य रहेकाले यस पटक गौरादहमा फूल सहितको गमला वितरण गरेको प्रधानले बताए। पहिलो चरणमा ४९ हजार ५ सय मूल्य बराबरको रहेको गौरादह नगरपालिका का वडा नं.१ का वडा सदस्य कोमल ढुंगानाले जानकारी गराए । गौरादह बजार क्षेत्रलाई हराभरा र सुन्दर बनाउन गमला वितरणको कार्य यस अगाडि नै गरिएता पनि त्यस कार्यको औपचारिक उद्घाटन सोमवार गरिएको वडा सदस्य ढुुंगानाले बताएका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रममा नेकपा जिल्ला सदस्य योगराज दाहाल, नेकपा गौरादह नगर अध्यक्ष मित्रदेव काफ्ले, नेपाली काँग्रेस गौरादह नगर अध्यक्ष यादवराज सेढाईं, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्की लगायतले बोलेका थिए।

कृषि विकास बैंक लिमिटेड १ नं. प्रदेश कार्यालयका निर्देशक घनेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया