Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाडौं, ५ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए ।

नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले व्यक्ति को बन्ने हो त्यो थाहा छैन तर नेकपाबाट नै सभामुख बन्ने निश्चित रहेको बताए। संसदीय दलको बैठकमा यसको चर्चा भए पनि छलफल नभएको बताउँदै उहाँले नेकपाले सभामुखमा दाबी गर्ने बताउनुभयो । बैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुरा राखेका थिए । स्थायी कमिटीको बैठक जारी छ ।

त्यसपछि केन्द्रीय कमिटीको बैठक बसेर पार्टीको कार्ययोजनासहित जनतामा जाने तयारी भइरहेको धारणा राख्दै अध्यक्ष प्रचण्डले त्यसका लागि तयार रहन सांसदलाई निर्देशन दिनुभएको थियो । बैठकमा हिउँदे अधिवेशन चल्दा संसदीय दललाई व्यवस्थित तरिकाले अगाडि बढाउने विषयमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments