Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौ, ३ पुष । पूर्वसभामुख कृष्णबहादुर महरा थुनामा नै रहने भएका छन् । उच्च अदालत पाटनका न्यायधीशद्धय नहकुल सुवेदी र टेकबहादुर कुँवरको संयुक्त इजलासले महराको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौँले आदेश सदर गरेको हो ।

न्यायधीशद्धयको इजलासले महरालाई थुनामै राखेर सुनुवाई गर्नुपर्ने आदेश गरेको अदालतका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।

तत्कालिन सभामसुख महरा बलात्कारको आरोपमा पक्राउ परेपछि थुनामै रहेका छन् ।

तपाईको प्रतिक्रिया