Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३ पुष । तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा सशस्त्र प्रहरी बलले तत्कालीन सई उमेश सिलवाललाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार, सिलवाल १० वर्षअघि भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका थिए । तालिम २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो । तर, उनी तालिम सकिएपछि पनि लुकेर अमेरिकामै बसेका थिए । उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो ।

पक्राउपछि आइतबार उनलाई महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार पठाइएको छ ।

तपाईको प्रतिक्रिया