Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ३ पुष । सरकारले सीमा क्षेत्रमा ११४ सुरक्षा पोष्ट थप गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार जनाएअनुसार मङ्सिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा ११४ सीमा सुरक्षा पोष्ट थप गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले सीमा क्षेत्रमा ११४ वटा सुरक्षा पोष्ट थप गरिने बताएका हुन् । यसअघि १०७ वटा सीमा सुरक्षा पोष्ट थिए । सीमा सुरक्षा पोष्ट थपिएसँगै अब २२१ वटा सुरक्षा पोष्ट हुनेछ ।

तपाईको प्रतिक्रिया