Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, ३ पुष । झापाको सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय लटरी (भाग्य चिट्ठा) का कारण ठगिँदै आएका छन् । भारतीय लटरी (चिट्ठा) बेचिरहेका भारत पानीटंकीका ४५ वर्षीय राजन प्रधान र दरभंगा घर भई काँकडभिट्टामा सैलुन चलाउने ६३ वर्षीय भगवान ठाकुर लाई गत सोमवार प्रहरीले काँकडभिट्टाको सुधार चोकबाट पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ४/४ हजार मूल्य बराबरका लटरी समेत बरामद भयो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । गत वर्ष पनि सशस्त्र प्रहरीको भन्सार राजश्व गुल्म काँकडभिट्टाको टोलीले दुई युवालाई यसैगरी पक्राउ गरेको थियो । ती युवाहरू भारतमा लटरी खरिद गरेर झापाको झिलझिले जाँदै थिए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी गोविन्दकुमार कार्की का अनुसार सितैं पैसा पाइएला भनेर लटरीको लतमा सर्वसाधारण यसरी फँसिरहेको छन् कि उनीहरूलाई लतबाट उम्कन गाह्रो भइरहेको छ ।’

भारतको पानीटंकीमा खरिद गरिएका लटरी दमकसम्म पुर्‍याएर नेपालीलाई बिक्री गरिन्छ । नेपाली दलालहरूले दोब्बर मूल्यमा लटरी बिक्री गरिरहेका छन् । यहाँ वर्षौंदेखि खुलेआम रुपमा लटरी अवैध धन्दा जारी छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया