Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

एजेन्सी, ३ पुस । अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । ट्रम्पमाथि तल्लो सदनको १ सय ४८ विरुद्ध २ सय ११ भोटले महाभियोग प्रस्ताव पारित भएको हो ।

तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् । तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको दुरूपयोग गरेको ठहर गरेको छ।राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ । अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो त्यहाँको माथिल्लो सदन ‘सिनेट’ले टुंगो लगाउनेछ । स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए ।

तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए। आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्‍याउनु दुस्खदायी भएको बताइन्। उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन्। उनले भनिन्, ‘राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।’

तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरेका थिए । ट्रम्पले यसअघि ट्वीटरमा आफूले केही पनि नराम्रो नगरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments