Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

३ पुस २०७६, झापा । गौरादह साहित्य समाज झापाको आयोजनामा ब्यङ्गय कविता संग्रह “मट्याङ्ग्राहरु”को लोकार्पण तथा परिचर्चा कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कवि खगेन्द्र नेउपानेद्वारा लिखित पुस्तक मट्याङग्राहरुको लोकार्पण गरेका हुन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लोकार्पण गर्दै मन्त्री कार्कीले साहित्य समय र समाजको दर्पण भएको उल्लेख गर्दै ब्याङ्गय साहित्य त झन समाजका अगुवाहरु लाई दिशानिर्देश गर्ने र खबरदारी गर्ने प्रभावकारी माध्यम भएको बताए । उनले साहित्यकार नेउपानेलाई निरन्तर साहित्य लेखनमा कलम चलाउन आग्रह समेत गरे ।

गौरादह निवासी कवि नेउपानेद्वारा रचित मट्याङग्राहरु कबिता संग्रहमा लामा छोटा गरि ६१ वटा कविता समेटिएको छ । ४० को दशकदेखि नै समालोचना, गीत, गजल र कविता विद्यामा निरन्तर रचनाहरु प्रकाशन गरिरहेका साहित्यकार नेउपानेले पुस्तकको रुपमा भने यो पहिलो कृति प्रकाशन गरेका हुन् । कवि नेउपाने गौरादह साहित्य समाजका अध्यक्ष समेत हुन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लोकार्पित कृतिमाथि गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा साहित्यकार, समालोचक गोपाल काफ्लेले समिक्षात्मक टिप्पणी सहित चर्चा परिचर्चा गरेका थिए । पुस्तकको नाम समेटिएको कविता मट्याङ्ग्राहरुले वर्तमानलाई प्रतिबिम्बित गरेको बताउदै पुस्तक भित्रका सबै कविताहरुले बिसंगतिको बिरुद्ध ससक्त ब्यङ्गय गरेको उल्लेख गरे ।

अर्का समिक्षक तथा युवा साहित्यकार धनकुटे कान्छाले कविता संग्रह मट्याङ्ग्राहरुले समसामयिक वर्तमानसंग बिद्रोह बोलेको र प्रगतिवादी धारको प्रतिनिधित्व गरेको उल्लेख गर्दै कला साहित्य भनेको समाजको सकरात्मक परिवर्तनको अक्सिजन भएको बताए । गौरादहको साहित्य गतिविधि सन्दर्भमा समेत टिप्पणी गर्दै साहित्यकार धनकुटेले कार्यक्रममा सबैको ध्यानाकर्षण गराएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

कार्यक्रमका विशेष अतिथि संविधान सभा सदस्य दीपक कार्कीले भौतिक विकासले मात्र सबाङ्गिण विकास सम्भव नहुने भन्दै भाषा, साहित्य र कला संस्कृतिको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्कीका अनुसार विकास हुनेखानेलाई मात्र नभएर आम नागरिकले अनुभुति गर्ने पाउनुपर्ने बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शुभकामना मन्तब्यकै क्रममा कार्यक्रमका अतिथि गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले गौरादहको भाषा सहित्यका विकासमा आवस्यक अनुकुल वातावरण तयार गर्न स्थानीय सरकार सदैव तयार रहेको बताइन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शुभकामना मन्तब्यकै क्रममा कार्यक्रमका अतिथि गौरादह बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोजराज दाहालले कवि नेउपानेको कविता कृतिले नेपाली राजनीतिको वर्तमान विसंगतिमाथि गतिले प्राहार गरेको भन्दै सच्चिन सबैपक्षलाई अनुरोध गरेका थिए । उनले कविता संग्रह भित्रका केहि कविताहरुको पाठ समेत गर्दै यस प्रकारका कविताहरु अध्ययन गरेमा समाज रुपान्तरणमा सहयोग पुग्ने बताए।

गौरादह साहित्य समाजका उपाध्यक्ष विजय हतासको सभापतित्व पश्चात् सुरु भएको उक्त कार्यक्रममा सहभागी साहित्य अनुरागीहरूलाई समाजका सहसचिव नैन दाहालले आफ्नो स्वागत भाषणद्वारा स्वागत गरेका थिए । कार्यक्रमको संचालन समाजका सचिव डण्डिराज घिमिरेले गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments