Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भक्तपुर, १ पुष । पूर्वसभासद तथा काँग्रेस नेता रामेश्वर ढुंगेलको निधन भएको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र २ बाट निर्वाचित ६१ वर्षीय ढुङेलको मंगलबार दिउँसो निधन भएको हो ।

मस्तिष्क पक्षघात भएका उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली काँग्रेस भक्तपुरका नेता उद्धव खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया