Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिस्टार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको ५ लाख ५० हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कहरु चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार हिनामिना गरेको अख्तियारले जनाएको छ ।अनलाइनखबर

तपाईको प्रतिक्रिया