Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

काठमाडौं, ३० मंसिर । सरकारले सबै स्थानीय तहमा कम्तीमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने भएको छ। यस्ता पुस्तकालयलाई आधुनिक सूचना तथा सञ्चार प्रविधियुक्त बनाइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शिक्षा नीतिमा उल्लेख छ।

नीतिमा पुस्तकालयलाई जनोपयोगी, सेवामुखी र आत्मनिर्भर बनाउँदै लैजाने एवं यस्ता पुस्तकालयबाट स्थानीय तहका सबै वडाहरूमा स्याटलाईट तथा घुम्ती पुस्तकालय सेवा सञ्चालन गरिने जनाइएको छ।

आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै शैक्षिक संस्थाहरूमा पुस्तकालय विकास, व्यवस्थापन तथा सञ्चालनको मापदण्ड तयार गरी पर्याप्त सन्दर्भसामग्री सहितका पुस्तकालयहरू स्थापना गरिने मन्त्रालयका पवक्ता दीपक शर्माले बताए।

आजीवन सिकाइ तथा निरन्तर शिक्षाको लागि स्थानीय तहको प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी आवश्यकता अनुसार विस्तार तथा सुदृढीकरण गरिने पनि सरकारी योजना छ। अनौपचारिक तथ्यांक अनुसार अहिले मुलुकभर एक हजार ५ सयको हाराहारीमा सार्वजनिक पुस्तकालय छन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया