Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, ३० मंसिर । त्रिवि कर्मचारी संघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका शैक्षिक संस्थाहरुमा कार्यरत् अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै आन्दोलन थालेको छ ।

कर्मचारी संघले सहयोगी र चालकहरुलाई त्रिवि सेवा आयोगले विज्ञापन खुलाइ स्थायी गर्नुपर्ने माघ अघि सारेको छ ।

आन्दोलनस्वरुप कर्मचारीले सोमबार दुई घन्टा काम छाडेर विरोध जनाएका थिए । उनीहरुले आउँदो बिहीबारसम्म दिनको दुई घन्टा काम छाडेर विरोध गर्ने जनाएका छन् ।

संघले २०६९ सालभन्दाअघिबाट सेवा प्रवेश गरेका कर्मचारीलाई विज्ञापन खुलाएर स्थायी गराउनुपर्ने माग राखेको छ ।

सरकारले २०६९ सालदेखि ठेक्का र करारमा मात्र कार्यालय सहयोगी र सवारीचालक राख्ने नियम बनाएको थियो ।

तर, २०६९ अघिदेखि कार्यरत् कर्मचारीलाई त्रिविले बेवास्ता गरी विज्ञापनसमेत नखुलाएका कारण आफूहरुले विरोध गरेको त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद आचार्यले बताए ।

त्रिवि सेवा आयोगले २०६९ सालपछि विज्ञापन खुलाएर ४५ जना कर्मचारीलाई स्थायी गरेको थियो । हाल त्रिविअन्तर्गत्का क्याम्पसहरुमा करिब १५० जना कार्यालय सहयोगी र चालकहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया