Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २९ मंसिर । काठमाडौँको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गलमा गौरीशकंर पेन्टस कारखानामा आगलागी भएको छ । बिजुली सर्ट भएर सतुङ्गलमा रहेको कारखानामा आगलागी भएको हो ।

कारखानामा लागेको आगलागी काठमाडौँ महानगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमार विक्रम थापाले बताए ।

डीएसपी थापाले भने, ‘दुई वटा दमक र दुईवटा पानी ट्याङ्कीको साथमा आगो नियन्त्रणमा आएको हो । समयमै नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगियो ।’

आगलागीबाट कारखानामा रङ्ग बनाउने मेसिन, केमिकल, कागजपत्र तथा अन्य सरसामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ । के कति क्षति भयो भने एकीन विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया