Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठक सम्पन्न भएको छ ।

बैठकले आगामी पुस १५ भित्रै महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको छ । राधेश्याम अधिकारी नेतृत्वको केन्द्रीय निर्वाचन समितिलाई पुस १५ भित्र कार्यतालिका ल्याउन निर्देशन दिइएको हो । यसअघि कात्तिक मसान्तसम्मको अवधि दिइएको थियो ।

कांग्रेसभित्र हाल आन्तरिक संगठन समायोजनको काम चलिरहेको छ । संघीय ढाँचा अनुसार पार्टीका संगठनहरु पुर्नगठन गर्नुपर्नेमा अधिकांश ठाउँमा पहिलेकै संरचना यथावत छन् । यससँगै विभिन्न विभाग, भ्रातृ संगठन, तरुण दलको कार्यअवधि लगायत एजेन्डामाथि पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने आज पनि सहभागी भएन । कार्ययोजनालाई बैठकको एजेन्डा बनाउनुपर्ने लगायत माग राख्दैआएका पौडेलले पार्टीको बैठक बहिस्कार गरेका हुन् ।

नेविसंघको प्रदर्शन कायम

पार्टी बैठक चलिरहँदा कार्यालय बाहिर भने नेविसंघका कार्यकर्ता प्रदर्शन गरिरहेका थिए । ३२ वर्षमुनिका विद्यार्थी नेतालाई संगठनको नेतृत्व गर्न दिन नहुने भन्दै उनीहरुले आन्दोलन जारी राखेका हुन् ।

तर पार्टीले आफ्नो माग नसुने आमरण अनसन बस्ने नेविसंघका नेता नवराज त्रिपाठीले बताएका छन् । यसअघि पनि उनीहरुले पटक पटक पार्टी कार्यालय बाहिर सोही माग राख्दै प्रदर्शन गर्दैआएका थिए ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया