Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबारलाई बोलाइएको सचिवालयको बैठक स्थगित भएको छ।

शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालय बैठक आइतबार विहान ९ बजेलाई सारिएको छ । नेताहरुको कार्यव्यस्तताका कारण शनिबार बोलाइएको सचिवालयको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायत विषयमा छलफल गर्ने छ ।

यसअघि शुक्रबारलाई बोलाएको बैठक शनिबारलाई सारिएको थियो । आइतबार सचिवालयको बैठक सकिएपछि ११ बजे नेकपा स्थायी समिति बैठक पनि बस्ने छ ।

तपाईको प्रतिक्रिया