Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २८ मंसिर । निजी तथा आवासीय विद्यालयहरुको संगठन गौरादह नगर प्याब्सनले नगर स्तरिय गायन तथा नृत्य प्रतियोगिता कार्यक्रम २०७६ अन्तर्गत आज दुई दिवसिय कार्यक्रम सम्पन्न भएकोे छ । आज मा.वि तहमा लोक नृत्य र सिनियर गायन तथा जुनियर गायन प्रतियोगिता सम्पन्न भएको हो ।

नगरमा रहेका निजी विद्यालयहरुका विद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गराउनुका साथै कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

गौरादह नगर प्याब्सनले हिंजो एक दिवसिय कार्यक्रम अन्तर्गत प्रा.वि तर्फ आधुनिक नृत्य र नि.मा.वि तर्फ राष्ट्रिय नृत्य प्रस्तुत गरेको थियो । आज मा.वि तहमा लोक नृत्य र सिनियर गायन तथा जुनियर गायन प्रतियोगिता सम्पन्न भएको हो ।

गौरादह–१ स्थित गोल्डेन सनराइज सेकेण्डरी स्कुलको प्राङगणमा सम्पन्न कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिताको गायन विधामा १२ वर्ष मुनिको जुनियर गायन तर्फ गोल्डेन सनराइज मा.वि प्रथम, माउण्ट एभरेष्ट मा.वि द्वितिय र बैगुन्धुरा मा.वि तृतिय भएका छन् भने १२ वर्ष माथिको सिनियर गायन तर्फ माउण्ट एभरेष्ट मा.वि प्रथम, गोल्डेन सनराइज मा.वि र बैगुन्धुरा मा.वि द्वितिय र नमुना मा.वि तृतिय भएका छन् । यस्तैगरि आजै सम्पन्न मा.वि तहको लोक नृत्य तर्फ गोल्डेन सनराइज मा.वि प्रथम, माउण्ट एभरेष्ट मा.वि द्वितिय र बैगुन्धुरा मा.वि तृतिय भएको छ ।

गौरादह नगर प्याब्सनका अध्यक्ष भवानी प्रसाद पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विजेता विद्यार्थीहरुलाई कार्यक्रम का प्रमुख अतिथि गौरादह नगर प्रमुख रोहित कुमार शाह, प्याब्सन जिल्ला कमिटि अध्यक्ष एल.पी उप्रेती, जिल्ला सचिव जनार्दन ढकाल लगायतले ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।

हिजो सम्पन्न राष्ट्रिय नृत्य तर्फ नि.मा.वि तहका प्रथम हुने माउण्ट एभरेष्ट मा.वि र आज सम्पन्न मा.वि तहको लोक नृत्य तर्फ प्रथम हुने गोल्डेन सनराइज मा.वि प्रदेश स्तरीय सांस्कृतिक प्रतियोगितामा सहभागी हुन पाउने गौरादह नगर प्याब्सन का कोषाध्यक्ष कुमार पौडेलले जानकारी दिए । गौरादह नगर प्याब्सन का सचिव गंगाराम दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया