Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

शान्ति सुब्बा
गौरादह, २७ मंसिर । निजी तथा आवासीय विद्यालयहरुको संगठन गौरादह नगर प्याब्सनले नगर स्तरिय गायन तथा नृत्य प्रतियोगिता कार्यक्रम २०७६ अन्तर्गत आज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

गौरादह–१ स्थित गोल्डेन सनराइज सेकेण्डरी स्कुलको प्राङगणमा कार्यक्रम सम्पन्न गरिएको हो । सो प्रतियोगितामा प्रा.वि तर्फ आधुनिक नृत्य र नि.मा.वि तर्फ राष्ट्रिय नृत्य प्रस्तुत गरिएको थियो । नगरमा रहेका निजी विद्यालयहरुका विद्यार्थीहरुको क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगिताको प्रा.वि तहमा आधुनिक नृत्य तर्फ बैगुन्धुरा मा.वि प्रथम, ज्ञानज्योती मा.वि द्वितिय र माउण्ट एभरेष्ट मा.वि तृतिय भएका छन् । यस्तैगरि नि.मा.वि तहमा राष्ट्रिय नृत्य तर्फ माउण्ट एभरेष्ट मा.वि प्रथम, ज्ञानज्योती मा.वि द्वितिय र इमिनेन्ट कञ्चनजङ्घा तृतिय भएका छन् ।

विजेता विद्यार्थीहरुलाई कार्यक्रम आयोजक र विशिष्ट अतिथिहरुले ट्रफी, मेडल र प्रमाण–पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा गौरादह नगर प्याब्सनका अध्यक्ष भवानी प्रसाद पाठकको अध्यक्षता तथा संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहेका थिए ।

भोलि मा.वि तहमा लोक नृत्य र जुनियर गायन तथा सिनियर गायन प्रस्तुत गरिने गौरादह नगर प्याब्सन का कोषाध्यक्ष कुमार पौडेलले जानकारी दिए । गौरादह नगर प्याब्सन का सचिव गंगाराम दुलालले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया