Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, २५ मंसिर । बिहीबार उधौली पर्व र यःमरि पुन्हि (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको यःमरि पुन्हि (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेको बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए । सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।रासस

तपाईको प्रतिक्रिया