मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

गौरादह, २४ मंसिर । लैङ्गिक हिंसा विरुद्ध सुरु भएको १६ दिने अभियान अन्तर्गत सोमबार चेतनामूलक कार्यक्रम गरि सम्पन्न भएको छ । गौरादह नगरपालिका-१ स्थित पञ्चेश्वर शिवालाय मन्दिरमा महिलाहरुको लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो ।

गौरादह नगरपालिकाको आयोजनामा सहभागि महिलाहरुलाई अधिवक्ता कविता शर्माले लैङ्गिक हिंसा विरुद्धको विषयमा प्रशिक्षण दिएकी थिइन् । सहभागिहरुलाई लैङ्गिक हिंसा भनेको के हो ? घरेलु हिंसा, महिलाका हक अधिकार का विषयमा, कानुनी रुपले महिलाहरुको अधिकार सम्बन्धि कानुनमा उल्लेख गरिएका कुराहरु लगायतका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

गौरादह नगरपालिका की उपमेयर गीता भेट्वाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा प्रमुख प्रशासकिय अधिकृत, महिला सशक्तिकरण की अध्यक्ष भरीपूर्ण राई, महिला सञ्जाल की नगर अध्यक्ष लिला कार्की, उपाध्यक्ष गंगा कार्की, महिला विकास शाखाकोअधिकृत कविता तुम्बा, कार्यपालिका सदस्य लगायत ८० जना महिलाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया