Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २२ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ मा नहुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन भएकाले कार्यक्रमको प्रभावकारितालाई हेरी सरकारले भ्रमण वर्षको उद्घाटन कार्यक्रम सार्ने भएको हो । योसँगै भ्रमण वर्ष उद्घाटन कार्यक्रम जनवरी ७ मा सरेको छ ।

भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा आयोजना गर्न लागेको सरकारले अंग्रेजी नयाँ वर्षको दिनमा बोलाएका विदेशी पाहुँनाहरु नआउने र सो दिन अन्य आगन्तुकहरु समेत नयाँ वर्ष मनाउन व्यस्त रहने हुँदा समय सान्दर्भिकतालाई ध्यानमा राख्दै उद्घाटन कार्यक्रम ७ तारिखमा सारिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम भब्य गर्न लागेको सरकारले ४० भन्दा माथिका देशका पर्यटन मन्त्री, परराष्ट्रमन्त्री, सम्बन्धित देशको राजदूत लगायत विशिष्ट पाहुँना, कलाकार(सेलिब्रेटी)हरुलाई आमन्त्रण गरिसकेको छ ।

साथै यस अघि टुँडिखेलमा उद्घाटन कार्यक्रम गर्ने भनिएको उद्घाटन कार्यक्रम समेत दशरथ रंगशालामा सारिएको छ । अब, भिजिट नेपाल २०२० को उद्घाटन कार्यक्रम दशरथ रंगशालामा ७ तारिखका दिन भव्य रुपमा हुने छ ।रातोपाटी

तपाईको प्रतिक्रिया