Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बाँके, २२ मंसिर । ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कोहलपुरको पूर्वमा चप्पर्गौडी ,पश्चिममा किरण नाला ,उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको ५ सय मिटर क्षेत्रमा कर्फ्यी जारी गरिएको हो ।

ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए । झडपमा परि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप ७ जना प्रहरी पनि घाइते भएका छन् । घाईते हुने प्रहरीहरुमा अमर खड्का, रविन्द्र शर्मा,होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रशाद आचार्य, खुमबहादुर विष्ट र धनबहादुर विक रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केही घाइतेहरुलाई काठमाडौ लगिएको छ । सो घटनामा अरु ३ जना घाइते भएका छन् । प्रहरीले रवरको गोली चलाएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्वीकार गरेका छन् । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया