Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २१ मंसिर । झापाको कमल गाउँपालिकाले विद्यार्थिहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ । गाउँपालिका भित्र रहेका २१ वटा सामुदायीक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्विटर वितरण गरेको हो ।

चिसो का कारण विद्यार्थीहरुलाई विद्यालय आउन गाह्रो नहोस भन्ने उद्देश्यले सो न्यानो कपडा वितरण गरिएको अध्यक्ष काफ्लेले जानकारी दिइन् ।

गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि नर्सरि देखी कक्षा ३ सम्म अध्यनरत १ हजार ७ सय ८६ जना विद्यार्थिहरुलाई जाडोका लागि स्विटर वितरण गरेको हो ।

त्यसअवसरमा कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले सामुदायिक विद्यालयका प्रधानअध्यापकहरुलाई विद्यार्थीहरुलाई स्विटर वितरण गर्नका लागि जिम्मा दिएको स्थानियबासी उत्तम भट्टराईले जानकारी दिए ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया