Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २१ मंसिर । सरकारले भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा दुई फरक समिति गठन गरेको हो ।

सीमा निरीक्षण समितिको संयोजक परराष्ट्रका सहसचिव यज्ञ हमाल र चीनतर्फको संयोजकमा कालीप्रसाद पोखरेलाई जिम्मेवारी दिइएको छ । भारततर्फका लागि गठित सीमा निरीक्षण समितिलाई तीन महिनाभित्र रिपोर्ट बुझाउन निर्देशन दिइएको छ ।

यस्तै चीनतर्फका लागि गठित समितिलाई उपयुक्त मौसम भएपछि अनुकूल समयमा निरीक्षण गरी रिपोर्ट बुझाउन भनिएको छ । कात्र्तिकको अन्त्यमा बसेको मन्त्रिपरिषदको बैठकले सीमा निरीक्षणका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया