Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

गौरादह, १९ मंसिर । गौरादह नगरपालिका वडा नं १ को वडा कार्यालयले किसानहरुलाई उन्नत जातको मकैको बीउ वितरण गरेको छ। वडा नं. १ भित्रका किसानहरुलाई आज उन्नत जातको मकैको बिउ निशुल्क वितरण गरेको हो । किसानहरुलाई मकै खेतीमा आत्मनिर्भर बनाउन स्थानीय सरकारले मकै खेतिकालागी ३ लाख ६० हजार आर्थिक सहयोग गरेको वडा नं १ का वडाध्यक्ष नगेन्द्र भन्डारीले बताए।

किसानहरुलाई मकै खेतिमा प्रबर्द्धन गर्ने उदेश्यले वडाभित्र रहेका समुहमा आबद्ध किसानहरुका साथै समुहमा आबद्ध नभएका किसानहरुलाई सेन बि टेन नामको उन्नत जातको मकैको बीउ बितरण गरिएको थियो। वडा कार्यलयले किसानहरुकालागि ७७७ के.जि. मकैको बीउ बितरण गरेको थियो।

वडा कार्यलयले वडा भित्ररहेका मकै खेती गर्न ईच्छुक किसानहरुलाई मकै खेती गर्न समेत लाभान्वित गरेको छ।मकैको बीउ बितरण गर्दा सबै किसानको पहुच सम्म पुराउने उदेश्यले कृषि तथा पशु बिकाश समिति गठन गरेर बीउ बितरण गरिएको छ।समितिले कृषक समुहमा आबद्ध सदस्यहरुको संख्या हेरेर ३२ के.जि.देखि १२० के.जि.सम्म समुहमा आबद्ध किसानहरुकालागि मकैको बीउ बितरण गरेको थियो। समुहमा आबद्ध नभएका मकै खेति गर्न इच्छुक ३८ जना किसानहरुलाई ४ के.जि.का दरले मकैको बीउ बितरण गरेको थियो।

वडा कार्यलयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि कृषि तथा पशु बिकास समिति अध्यक्ष भिम कुवरको सभापतित्वमा सेन बि टेन नामक उन्नत जातको मकैको बीउ बितरण गरिएको थियो। कार्यक्रममा वडा नं १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र भन्डारीले वडा भित्ररहेका किसानहरुलाई मकै खेतीमा आकर्षण गराउन उन्नत जातको मकैको बीउ बितरण गरको जानकारी गराए।

तपाईको प्रतिक्रिया