Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरीगंज, १७ मंसिर । गौरीगंज गाउपालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ।ज्येष्ठ नागरिक संघ गाउसमिति गौरीगंजको आयोजनामा ६० वर्ष माथिका ज्येष्ठ आमाहरुलाई स्वेटर वितरण गरेको हो। जेष्ठ जागरिक संघका बरिष्ठ जिल्ला सल्लाहकार सदस्य महाबिर अग्रवालले स्वेटर सौजन्य गरेका थिए ।

जेष्ठ नागरिक संघले गौरिगंज गाउपालिकाको सवाहलमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका भित्रका ७५ जना जेष्ठ माताहरुलाई सम्मान स्वरुप जाडोकालागि आबस्यक पर्ने स्वेटर वितरण गरेको हो। जेष्ठ नागरिक संघ गौरीगंज उपाध्यक्ष राम कृष्ण यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

संविधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक कार्कीले कार्यक्रमको उद्घाटन गर्दै छोराछोरिहरुलाई धर्तीमा जन्म दिएर पालन पोषण गर्दै राष्ट्रका कर्णधार व्यक्ति बनाउने माता पिताहरुलाई सम्मान गर्नु सबैको दायित्व रहेको धारणा राखे।

त्यस अवसरमा गौरीगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ,संघका जिल्ला उपाध्यक्ष हरि प्रसाद ओली, जिल्ला कोषाध्यक्ष इस्वरी तिम्सिना,जिल्ला सदस्य कृष्ण प्रसाद उप्रेती, गौरीगंज गाउपालिका वडा नं ३ का वडाध्यक्ष मखना महत्तो,समाजसेवी घनस्याम रिजाल,ईलाका प्रहरी कार्यलय गौरीगंज प्रमुख गणेश भट्टराई र भावना बोहोरा, गौरीगंज गाउपालिकाका कर्मचारी बिरेन्द्र खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए। संघका गौरीगंज सदस्य लक्ष्मी लुईटेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव विष्णु न्यौपानेले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया