Online Bichar
बिहिबार, जेठ १८, २०८० | Thursday, June 1, 2023

झापा, १७ मंसिर । झापाको चन्द्रगढी विमानस्थल विस्तार आधुनिकिकरण गरिने भएको छ। मंगलबार सरोकारवाला निकायसँग झापाको विर्तामोडमा छलफल गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डायनमन्त्री योगेश भट्टराइले विमानस्थलको आधुनिकिकरण गरिने बताएका हुन्।

विमानस्थल सुधारका लागि नागरिक उड्ड्यन प्राधिकरणले गुरु योजना तयार गरेको थियो। छलफलमा गुरुयोजना पनि प्रस्तुत गरिएको छ।

छलफलपछि आएका सुझावलाई समेटेर गुरु योजनालाई पूर्णता प्रदान गरी विमानस्थलको विस्तार कार्यअघि बढाइने मन्त्री भट्टराइले बताएका छन्।

तपाईको प्रतिक्रिया