Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान गत सोमबार बाट शुरु भएको छ । २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म चल्ने उक्त अभियानका लागि गौरादह की उपमेयर गिता भेट्वालको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । “समानताको पुस्ताःबलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने अभियानको मूल नारा रहेको छ ।

गौरादह नगरपालिकाको आयोजनामा महिलाहरुलाई सचेत गराउन महिलाहरुकै सहभागीतामा ¥याली निकालिएको थियो । ¥याली गौरादहको डिपु चोक बाट शुरु भई गौरादह बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । ¥यालीमा महिला, बालबालिका विभिन्न संघ संस्थामा आबद्ध पदाधिकारी, शिक्षक, प्रहरी, बुद्धीजिवि लगायतको सहभागिता रहेको थियो । ¥यालीमा महिला हिंसा अन्त्य गरौं, छोरा र छोरीमा भेदभाव नगरौं,समान कामको समान ज्याला लागु गर, महिला माथि हुने हिंसा अन्त्य गर्न प्रतिबद्धता, तत्परता जवाफदेहिता, महिला विरुद्ध हुने सम्पूर्ण हिंसा बन्द गरौं लगायतको नारा लगाइएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

¥यालीपछि आयोजित कोणसभामा उपमेयर गिता भेटवालले लैङ्गिक हिंसा भनेको के हो? यो किन मनाइएको? लैंङ्गिक हिंसाको बारेमा जानकारी गराउँदै यसको वर्तमान अवस्थाका विषयमा चर्चा गर्नुभयो । उनले बलात्कार, घरेलु हिंसा, हत्या, बोक्सी आरोपमा गाउँ निकाला दाइजो प्रथा, बहुविवाह, बाल विवाह अन्य मानसिक तथा शारीरिक यातना र महिलालाई अपहेलना जस्ता कुनै पनि असामाजिक क्रियाकलाप भएकाले त्यस्तो बाट बच्न आफु पनि सचेत हुनुपर्ने र अरुलाई सचेत गराउनु पर्ने बताएकी थिइन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

सोहि अवसरमा महिला अन्तरपार्टी महिला संजाल गौरादह नगर अध्यक्ष लिला कार्की कट्टेलले महिला हिंसा अन्र्तगत शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारलाई महिला आफैंले खुलेर त्यसको प्रतिकार गर्नुपर्ने बताएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया