Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठ्माडौं, १६ मंसिर । नेपाल आयल निगमको इन्धन भण्डारण क्षमतामा कमजोर देखिएको छ। निगमसँग अहिले १३ स्थानमा गरी ७१ हजार किलोलिटर क्षमताको इन्धन भण्डारण गृह छ। तर, प्राविधिक दृष्टिकोणले त्यस परिमाणमध्ये करिब १० प्रतिशत इन्धन वर्षैभरी ट्यांकीमै मौज्दात (अन पम्पेवल) गरी राख्नुपर्छ। ७१ हजार किलोलिटरमध्ये १० प्रतिशत अनपम्पवेल काटेर करिब ६४ हजार किलोलिटर निगमसँग मौज्दात रहन्छ।

यही ६४ हजार किलोलिटर इन्धन देशभर खपत हुँदै आएको छ। निगमसँग हाल भएको क्षमताले कुनै पनि प्रदेशको माग धान्दैन। निगमको इन्धन भन्डारण क्षमताले देशभरको पेट्रोलको माग साढे चार दिन, डिजेल आठ दिन र हवाई इन्धन १४ दिनलाई मात्रै पुग्ने अवस्था छ। खाना पकाउने ग्यासको भण्डारण क्षमता निगमसँग छैन। निजी क्षेत्रसँग भएको ७ हजार टनको भण्डारण क्षमताबाट पाँच दिनको मागलाई मात्र थेग्न सक्छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार प्रादेशिक संरचनाअनुसार अहिले भएको भण्डारण क्षमतालाई विस्तार र थप पूर्वाधार निर्माण नगर्ने हो भने आगामी दिनमा इन्धनको मागलाई धान्नै नसक्ने अवस्थामा निगम पुग्ने बताए ।
निगममा उपप्रबन्ध निर्देशक सुशिल भराईका अनुसार प्रादेशिक संरचनाअनुसार इन्धनको मागअनुसार भण्डारण क्षमता निकै कमजोर भएको प्रदेशमा ६, ५, ७ र १ छन्।अन्नपूर्णपोष्ट

 

तपाईको प्रतिक्रिया